रेडियो अन्नपूर्णको रक्तदान भोलि

पाेखरा | चैत १६, २०८०

रेडियो अन्नपूर्णको रक्तदान भोलि

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले  भोलि (शनिबार) आयोजना गर्ने २२ औं खुला रक्तदानको तयारी पुरा भएको छ ।

 

रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसवर्ष पनि “स्वास्थ्यका लागि रक्तदान” भन्ने नाराकासाथ  खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको संयोजक राजाराम पौडेलले बताए ।

 

उनले रक्तदान कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरुसमेत गठन गरिएको छ ।

 

रेडियोले हालसम्म ७ हजार ४ सय ९६ युनिट रगत संकलन गरिसकेको महा–प्रबन्धक नारायण पौडेलले जानकारी दिए  ।

 

रक्तदान कार्यक्रममा सहकार्यका लागि पोखरा इन्टरनेट ,एनआइसी एसिया बैंक,नबिल बैंक,नेपाल बैंक,श्री स्टील प्रा.लि, बृज एडिटिभिज,रुपाकोट सुनचादी दुकान, डि.एस टेड्स,सलिको इन्स्योरेन्स,इश्वर,राष्ट्रिय वाणिज्य बैंक, नेलम्बो नेपाल,लायन्स क्लब अफ स्मार्ट टाउन,एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज,सिजि फुड्स नेपाल रियो जुस, डावर नेपाल रियल जुस, माई बुक्स स्टेस्नरी,रोजिना अफसेट प्रेस,परिचय एडभटाइजिङ,पेन्गुइन मिनिरल वार्टर,तालबाराहि फार्मेसी रहेका छन् ।

 

रेडियोले २०५८ साल देखि नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गदै आइरहेको छ । 

पोखरा:    नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छ...

थप पढ्नुहोस्

पोखरा:    ९ वर्षपछि आयोजक सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पेना...

थप पढ्नुहोस्

शेर्पा समुदायले आज (बुधबार) विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।   पर्वको अवसरमा शेर्प...

थप पढ्नुहोस्